च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५
369
shares
एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित निकालेको छ । बायर्नले स्कटल्याण्डको सेल्टिकलाई २-१ गोल अन्तरले हरायो । बायर्नको जितमा माइकल ओलिस र हेरी केनले गोल गरे ।
बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको अन्तिम १६ को सम्भावनालाई सुनिश्चित गरे । घरेलु मैदानमा सेल्टिकका लागि डेजेन मेडाले ७९औं मिनेटमा गोल गरे ।
प्ले अफका अन्य खेलमा पोर्चुगलको बेन्फिका, बेल्जियमको क्लब ब्रुग र नेदरल्याण्ड्सको फियनोर्ड विजयी भएका छन् । पोर्चुगलको बेन्फिकाले फ्रान्सको एएस मोनाकोलाई र फियनोर्डले इटालीको एसी मिलानलाई समान १-० गोल अन्तरले पराजित गर्यो भने क्लब ब्रुगले इटालीको एट्लान्टामाथि २-१ गोल अन्तरले पराजित गर्यो ।

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५