YouTube Link

सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिदै, उपाधिका लागि आयोजक बागमती प्रदेशले संकटासँग भिड्ने

Facebook Link

काठमाडौं: नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा माघ १० गतेदेखि दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिदैछ ।

 

विहान ११ बजे तीनकुनेबाट युवाहरुको मोटरसाइलक र्याली सुरु गरि उक्त र्याली तिनकुने-एयरपोर्ट-गौशाला-रातोपुल-कमलपोखरी-दरबारमार्ग हुँदै शहीदगेट पुगेर ट्रफी सार्वजानिक गरिने आयोजकले जनाएको छ । यसैगरी, प्रि म्याच कन्फ्रेन्स दिउँसो साढे १ बजे दशरथ रंगशालाको मिडिया सेन्टरमा हुने पनि आयोजकले जानकारी गराएको छ ।

 

 

यसैबीच मंगलबार भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)ले न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि विजेताको छिनोफानो टाइब्रेकरमा गरिएको थियो ।

 

टाइब्रेकरमा एनआरटीलाई ४–२ ले पराजित गर्दै बागमती फाइनलमा पुग्न सफल भयो । योसँगै बागमतीले उपाधिका लागि संकटा फुटबल क्लबसँग खेल्नेछ । संकटाले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ ले पराजित गरेको थियो ।

 

टाइब्रेकरमा बागमतीका नवीन लामा, फोडे फोफना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरे । एनआरटीका अविषेक लिम्बू र कृतिशरत्न छुन्जुले गोल गरे । सरोज तामाङको प्रहार विकेश कुथुले रोके । सुमित श्रेष्ठको प्रहार माथिल्लो बारबाट आकासिएको थियो । खेलको सुरुआतदेखि नै बागमतीले एनआरटीलाई दबाबमा राखेको थियो । फलत: ११औं मिनेटमै सन्दीपले बागमतीलाई सुरुआती अग्रता दिलाए । कमल श्रेष्ठको थ्रो बललाई सन्दीपले पेनाल्टी बक्सबाट सिधै फार पोस्टमा गोल गरे ।

 

 

सेनेगाकाइज एलेक्सले त्यसको तीन मिनेटपछि नै अग्रता दोब्बर बनाए । गिदोन नाह केरमेहले दिएको बललाई सिक्स यार्ड बक्सबाट एलेक्सले सोही दिशामा गोल गरे। दोस्रो हाफको सुरुआतमै एनआरटी खेलमा फर्काउने संकेत देखाए । हेनरी पोकुले बक्सबाट दिएको बललाई कृतिशरत्न छुन्जुले सहजै जाली चुमाए । त्यसको तीन मिनेटपछि नै एनआरटीले खेलमा फर्किने अवसर गुमायो । कृतिशको कर्नरमा आएको बललाई पोकुले हेडर गरेका थिए । तर, गोलकिपर विकेश कुथु बाधक बने । खेलको ६९औं मिनेटमा कृतिशले नै अग्रता दोब्बर बनाए । विवेक गुरुङको क्रसलाई उनले वान टचमै गोल गरे । योसँगै खेल २–२ को बराबरीमा गएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...