YouTube Link

छैटौं एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु

Facebook Link

काठमाडौं: छैटौं एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मलेनको आज  प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन । उदघाटन दिउसो १ बजे होटल सोल्टीमा हुने कार्यक्रममा विभिन्न ३४ वटा देशका पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

 

आयोजक त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राडायोगेन्द्र बहादुर गुरुङका अनुसार एशियाली देश बाहेक अमेरिका, अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन् । गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयमा चार सय वटाभन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुनेछ ।

 

एकैदिन पाँचवटा हलमा अलग अलग सेशनहरु सञ्चालन हुनेछन् । एकैदिनमा २५ वटा भन्दा सेशनहरु सञ्चालन हुने गुरुङले बताए । समितिका सदस्य सचिव एवं नेपाल जनसंख्या संघ (पान)का अध्यक्ष डाक्टर पद्मप्रसाद खतिवडाका अनुसार सम्मेलनको अन्तिम दिन नेपाल सेशन सञ्चालन हुनेछ । उक्त सेशनमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट राष्ट्रिय जनगणना २०७८ का नतिजाहरुका बारेमा प्रष्तुतिकरण रहनेछ । जसमा नेपालको घट्दो प्रजननन् दर, बढ्दो बुढ्यौली,युवा जनसंख्या आदिका विषयमा व्यापक छलफल गर्ने तयारी छ ।

 

यसैगरी श्रम तथा रोजगारी मन्त्री शरदसिंह भण्डारीले नेपालका प्रवासी श्रमिक र युवा जनसंख्याका बारेमा एक कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनमा भाग लिन एशियन जनसंख्या संघ (एपिए)का अध्यक्ष रोइको ह्यासी दुईदिन अघि नै काठमाडौं आइसकेका छन् । सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताहरु तथा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी हुनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...