YouTube Link

श्रीलंकामाथि भुटानको सानदार जित

Facebook Link

काठमाडौं: साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को खेलमा भुटानले पहिलो जित दर्ता गर्दै श्रीलंकालाई ४-१ ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको पहिलो हाफको सुरुवातमै भुटानले अग्रता लिएपनि श्रीलंकाले लगत्तै गोल फर्काएको थियो ।

 

श्रीलंकाको डिफेन्स कमजोर हुँदा भुटानले पहिलो हाफमै अग्रता बनायो । दोस्रो हाफमा कप्तान पेमाको दुइ उत्कृष्ट असिस्टमा भुटानले फराकिलो जित पक्का गर्यो । पहिलो हाफको सातौं मिनेटमा नामग्याल डेमाको क्रसमा डेकी ल्जोहामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाइन् । बायाँ विंगबाट नामग्यालले दिएको लो क्रसमा पेनाल्टी क्षेत्रभित्र रहेका डिफेन्डर बिट हुँदा फार पोस्टमा अनमार्क रहेकी डेकीले सहजै गोल गरेकी हुन् ।

 

खेलको २३ औं मिनेटमा कप्तान मधुशिकाको गोलमा श्रीलंका खेलमा फर्कियो । भुटानकी डेकी याङदोनलाई लाग्दै रिबाउण्ड आएको बललाई उनले शक्तिशाली प्रहार गर्दै गोलरक्षक संगीता मोंगरलाई बिट गरेकी थिइन् । खेलको ३२ औं मिनेटमा भुटानले दोर्जीको गोलमा पुन: अग्रता लियो । ७६ औं मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३-१ को अग्रता दिलाइन् । कप्तान पेमाले डिफेन्स लाइनलाई झुक्याएर दिएको पासलाई डेकीले पहिलो टचमै फिनिस गरिन् । लगत्तै पेमाकै पासमा भुटानले अर्को गोल थप्यो ।

 

जितसँगै भुटान २ खेलमा ४ अंक जोडेर समूहको शीर्षस्थानमा उक्लिएको छ । श्रीलंकाको २ खेलमा ३ अंक छ भने नेपालको १ खेलमा १ अंक छ । माल्दिभ्स १ खेलमा विना कुनै अंक पुछारमा छ । आज हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्सले साँझ ५:३० बजे खेल्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...