YouTube Link

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

Facebook Link

काठमाडौं: संविधान दिवसको अवसरमा बिहीबारदेखि धरहरा सर्वसाधारणको लागि खुला गरिने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाख ११ गते उद्घाटन गरेको धरहरा तीन वर्षपछि बिहीबार संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको हो ।

एक दशकमा पनि निर्माण सम्पन्न हुन नसकेको धरहराको अहिले पनि काम जारी छ । २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट ढलेको धरहराको मुख्य भग्नावशेषलाई सुरक्षित राखिने भनिएको थियो । तर धरहराका अवशेषहरू अहिले पनि बेवारिसे जस्तै छन् । पुन:र्निर्माण प्राधिकरणले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरिरहेको छ ।

धरहरा पहिलो पटक राजा रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरा सुन्दरीले विक्रम सम्वत् १८८२ मा बनाउन लगाएकी थिइन् । त्यसपछि प्रधानमन्त्री भीमसेन थापाले पनि बागदरबारमा अर्को धरहरा बनाए, त्यसलाई सुन्धारा भनिने गरिन्थ्यो । विक्रम सम्वत् १९९० को भूकम्पले उक्त धरहरा भत्किएको थियो । त्यो शक्तिशाली भूकम्पले ९ तले धरहरा भत्काएर दुई तल्ला मात्रै जोगिएको थियो । भत्केको धरहरालाई जुद्धशमशेर राणाले १९९२ मा जीर्णोद्वार गराउन लगाएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पले उक्त ऐतिहासिक धरहरा पूरै ढलेको थियो । जहाँ दर्जनौँ मानिसले ज्यान पनि गुमाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...