YouTube Link

कांग्रेसले १०० दिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने, विधान संशोधन मस्यौदा समिति बनाइने

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले १०० दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान  सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ । महामन्त्री गगन थापाका अनुसार सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग पनि गर्नेछ ।

 

पार्टी समिति र पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित तथा व्यवस्थित गर्ने लगायतका कार्य पनि यस अभियानका क्रममा हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि सबै जिल्लामा यसअघि नै फारम पठाइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणका काम तीव्र रूपमा हुन सकेको छैन । अहिलेसम्म करिब २० प्रतिशत मात्रै काम भएको उनले गत आइतबारको केन्द्रीय समितिमा बताएका थिए ।

 

केन्द्रीय सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका अवस्थाबारे जानकारी लिइराख्नुपर्ने उनको भनाइ छ । क्रियाशील सदस्यता टुंगो लागेपछि मात्रै १५ औं महाधिवेशन प्रक्रिया सुरू हुने भएकोले यसलाई तीव्रताका साथ अघि बढाउनुपर्ने उनले बताएका छन् । कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला-जिल्ला तोकेर संगठन सुदृढीकरण अभियानमा खटाउने तयारी गरेको हो । कांग्रेसले आगामी आमचुनावहरू आफ्नै तागतमा एक्लै लड्ने नीतिसमेत केन्द्रीय समितिबाट अनुमोदन गरेको छ । त्यसका लागि बलियो संगठन बनाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ । २०७८ मा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ४६ हजार सात सय २९ जना क्रियाशील सदस्य थिए ।

 

कांग्रेसले पार्टी विधानमा समयानुकूल संशोधन र परिमार्जन आवश्यकता रहेको औंल्याउँदै विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय गरेको छ । गत फागुनको महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव र  पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउने लगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव संकलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न समिति बनाउने निर्णय केन्द्रीय समितिले गरेको हो ।

 

कांग्रेसको विधान, २०१७ को धारा २२ (७) बमोजिम विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय भएको छ । समितिका संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी सभापति शेरबहादुर देउवाले चयन गर्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...