महिला राष्ट्रिय भलिबल टोली काठमाडौं महानगरपालिकाबाट जनही १-१ लाख नगदले पुरस्कृत
वि.सं.२०८१ साउन २४ बिहीवार १५:०५
1.6K
shares
काठमाडौं: काभा नेसन्स लिगको उपविजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले जनही १-१ लाख सहित पुरस्कृत गरेको छ ।
टोलीमा रहेका १४ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई महानगरले जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो । टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३-२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित थिए ।
नेपाली टोली
अरुणा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी, सुमित्रा रेग्मी ।
वि.सं.२०८१ साउन २४ बिहीवार १५:०५




















