YouTube Link

नेपाल मोबाइल ब्यवसायी महासंघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा भरत भट्टराई र वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं

Facebook Link

काठमाडौं: नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित भएका छन । शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महासचिवमा सन्तोष घिमिरे चयन भएका छन । यसैगरी सचिवमा डिल्लीबहादुर तामाङ, कोषाध्यक्षमा श्यामसुन्दर नगरकोटी, सहकोषाध्यक्षमा लबकृष्ण श्रेष्ठ तथा वरिष्ठ सदस्यमा अनुपमा केसी चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिए । महासंघको बिधानमा पदाधिकारी र सदस्य गरि ४९  जना रहने ब्यवस्था छ ।

महाधिवेशनबाट ब्यवसायीले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउनुपर्ने, ग्रे मोबाइलको कारोबार रोक्नुपर्ने, चोरीको मोबाइल मर्मतका समयमा ब्यवसायीसम्म पुग्दा ब्यवसायीहरुले प्रहरी प्रसासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनुपर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै ब्यवस्थित बनाउन सरकारलाई दवाब दिनेसहितका एजेन्डा पारित गराएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए । महाधिवेशनमा देशभरबाट गरि करीब एक हजार प्रतिनिधि सहभागी थिए । महासंघको हालसम्म सात प्रदेश र  ५८ जिल्लामा शाखा विस्तार भइसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...