YouTube Link

मोबाइलको गैह्र कारोबार रोक्न एमडीएमएस प्रणाली तत्काल लागू होस्: नेपाल मोबाइल ब्यवसायी महासंघ

Facebook Link

 

काठमाडौं: नेपाल मोबाइल ब्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौमा शुक्रबारबाट सुरु महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा मार्फत महासंघले मोबाइल फोनको गैह्र कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागू गर्नु पर्ने बताएको हो ।

 

महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशन उद्घाटनका क्रममा बोल्दै ‘एमडिएमएस लागू नहुदा गैह्र कारोबार बड्दो छ, यसलाई रोक्न सरकारले ध्यान देओस, सरकारले त्यसका लागि तत्काल एमडिएमएस प्रणाली लागू गर्नुपर्छ’ उनले ग्रे फोन अर्थात भन्सार छलीबाट भित्रिएका मोबाइलले नेपालको मोबाइल ब्यवसाय मारमा परेको समेत बताए । भन्सार छलि गरेर भित्रने ग्रे फोनका कारण नेपाली मोबाइलको कारोबारको अवस्था बिग्रिएको तथा त्यसले देशको राजश्वमा समेत असर गरिरहेको बताए ।

 

 

उनले भने- ‘अहिले ग्रे फोनले नेपाली मोबाइल ब्यवसायीहरु मारमा छन, भन्सार छलेर भित्रने मोबाईलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा  वार्षिक अर्बै रुपैंया घाटा भैरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ ।’

 

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा समुद्घाटन भएको थियो । यहि महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुदैछ । महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...