सुकेधारा चोकस्थित नालामा एक पुरूषको शव भेटियो
वि.सं.२०८१ जेठ १ मंगलवार १०:५९
1.9K
shares
काठमाडौं: काठमाडौंको सुकेधारामा एक पुरूषको शव फेला परेको छ । मंगलबार बिहान ७ बजे काठमाडौं महानगरपालिका-४ सुकेधारा चोकस्थित नालामा एक पुरूष मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मृतकको पहिचान खुलिसकेको छ । उनी खोटाङ हलेसीतुवाचुङ नगरपालिका-७ घर भई हाल काठमाडौंको चाबहिल बस्ने ४४ वर्षीय भिषण गिरी रहेका छन् । उनको शव घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्त पनि सम्पर्कमा आएको एसपी अधिकारीले जानकारी दिएका छन् । उनको मृत्यु के कसरी भएको भन्ने खुलिसकेको छैन । शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल लैजाने प्रहरीको तयारी छ ।
वि.सं.२०८१ जेठ १ मंगलवार १०:५९




















