YouTube Link

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र नामिबिया खेल्दै

Facebook Link

 

काठमाडौं: आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच खेल हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

 

नामिबियाविरुद्ध जितका साथ नेपाल लिग-२ मा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । ३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् । खेल २०२४ देखि २०२७ सम्म चल्नेछ । एक दिवसीय अन्तर्राष्ट्रियमा यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले २ र नामिबियाले ३ खेल जितेका छन् । १ खेल भने नतिजा विहिन छ । त्रिकोणात्मक सिरिजमा यी २ सहित नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गर्नेछ । नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ ।

 

सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा संयुक्त रुपमा हुने विश्वकपका लागि छनोट प्रक्रिया समेत रहेको लिग-२ मा कुल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यसमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका छन् । सहभागी टोलीबीच हुने २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १४४ खेल हुनेछन् । अंक तालिकाको शीर्ष ४ टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने र पुछारका ४ टोलीले प्लेअफ खेल्नुपर्नेछ ।

 

 

विश्वकप छनोटमा लिग-२ का शीर्ष ४ सहित प्लेअफका शीर्ष ४ र आईसिसीका पूर्ण सदस्य २ टोली गरि १० टोलीबीच शीर्ष ४ स्थानका लागि प्रतिस्पर्धा हुनेछ । लिग-२ का लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ । यस पटक ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनालले टोलीमा पुनरागमन गर्दा रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् ।

 

हालै सम्पन्न क्यानडाविरुद्धको सिजिर क्लिनस्विप गर्दा अनिल र देवले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै क्यानडासँगको सिरिजमा विश्राम पाएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि लिग-२ टोलीमा समावेश छन् । तर हाल युएईको फ्रेन्चाईज लिग इन्टरनेशनल लिग आईएल ट्वेन्टी ट्वेन्टीमा गल्फ जायन्टसबाट खेलिरहेका दीपेन्द्रले लिग-२ को पहिलो खेल भने गुमाउने छन् ।

 

यसपटक लिग-२ मा नेपालले प्रत्येक वर्ष ३-३ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । लिग-२ बाहेक एक दिवसीय र टि-२० सिरिज पनि तालिकामा छन् । यसअघि २०१९ देखि २०२३ सम्मको लिग-२ मा सहभागी ७ टोलीमध्ये स्कटल्याण्ड, ओमान र नेपाल शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...