YouTube Link

एसएलसी र प्लस टूको नक्कली सर्टिफिकेट बनाउने १० जना पक्राउ

Facebook Link

काठमाडौं: अमेरिकाको ई-डिभी लट्रीको भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा १० जनालाई नेपाल प्रहरीले पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टूको नक्कली शैक्षिक सर्टिफिकेट बनाई पेस गरेको गोप्य सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा धनुषा घर भएका ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर घर भएकी ३३ वर्षीया भगवती उप्रेती, लमजुङ घर भएकी रोना गुरुङ, ललितपुर घर भएका २५ वर्षीय सञ्जय महर्जन, चितवन घर भएका २५ वर्षीय सुमन ढकाल, सिराहा घर भएका २९ वर्षीय सक्षम अर्याल, सर्लाही घर भएका ३५ वर्षीय सुरज अधिकारी, दोलखा घर भएका २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा घर भएका २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही घर भएका २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् ।

प्रहरीले अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित ३ जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित नियन्त्रणमा लिएको थियो । सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जन लगायतको संलग्नता खुलेको थियो । त्यसपछि प्रहरीको विशेष टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०२४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि अघि बढाईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...