YouTube Link

भिजिट भिसामा विभिन्न मुलुक जान लागेका ८४ जनालाई रोक्यो अध्यागमनले, अधिकांश दुबई जाँदै

Facebook Link

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा विभिन्न मुलुक जान लागेका ८४ जनालाई फिर्ता गरेको छ । यात्रा शंकास्पद लागेपछि अध्यागमनका अधिकारीहरूले उनीहरूलाई प्रस्थान अनुमति नदिएको हो ।

फिर्ता हुनेमा अधिकांश दुबई जाने लागेकाहरू छन् । भिजिट भिसामा दुबई, श्रीलंका, बहराइनलगायत मुलुक जान लागेका उनीहरू अधिकांश गन्तव्य मुलुक पुगेपछि काम गर्ने तयारीमा थिए । त्यसरी जान खोज्नेहरू यसअघि कुनैपनि मुलुकको भ्रमण गरेका थिएनन् । भिजिट भिसामा प्रस्थान हुन आएका उनीहरूले भ्रमणको उद्देश्य स्पष्ट पार्न र आवश्यक कागजातहरू पेश गर्न समेत नसकेपछि प्रस्थान अनुमति नदिएको अध्यागमनले बताएको छ ।

अध्यागमनबाट फिर्ता हुनेमा  मोरङका सुवास राजबंशी, डोटीका दिपकराज ओझा, सल्यानका विजन रोका, उदयपुरका सुदिप पौडेल, स्याङ्जाका विक्रम बिक र अनिष खत्री, कास्कीका नविन डांगी, संखुवासभाका विजय श्रेष्ठ, बर्दियाका सुमन बिक र चितवनका प्रकाश महतो रहेका छन् । यसैगरी दिलकुमार बाइबा, गंगाराम लिम्बू, सन्देश भुसाल, कविन गिरी, सुरजप्रसाद भुर्तेल, हिमबहादुर भण्डारी, सुजनबहादुर बस्नेत, कुमार विर्कत्ता मगर, सुदिप पौडेललगायत ८४ जनालाई अध्यागमनले भ्रमण शंकास्पद भन्दै फिर्ता गरेको हो । पछिल्लो समयमा भिजिट भिसामा विभिन्न मुलुक जाने यात्रुहरूमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कडाइ गर्दै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...