यसरी मनाए किरात समुदायहरुले टुँडिखेलमा ष्याँदर पिदार/साकेला (हेर्नुहोस् फोटोमा)
वि.सं.२०८० पुस २१ शनिवार १६:५७
6.1K
shares
काठमाडौं: किरात समुदायहरुको राष्ट्रिय महान् चाड सुनुवार जातिको उधौली “ष्याँदर पिदार”, राई जातिको “साकेला”, लिम्बु जातिको “चासोक तङ्नाम”, याक्खा जातिको “चासुवा” आज काठमाडौंको टुँडिखेलमा उधौली पर्व मनाएका छन् । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ । ढुङ्गेयुगमा किराती पुर्खाले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाको कथन छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।
तस्बीरमा आजको ष्याँदर पिदार/साकेला नाचः




























किरात समुदायले आज टुँडिखेलमा ष्याँदर पिदार/साकेला मनाउँदै
वि.सं.२०८० पुस २१ शनिवार १६:५७




















