YouTube Link

आइपिएल-२०२४ को अक्सन आज दुबईमा हुँदै

World Cup 2026
Facebook Link

 

एजेन्सी: इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन आज दुबईमा हुँदैछ । अक्सनमा ३३३ खेलाडी सहभागी हुनेछन् । २१४ भारतीय, ११९ विदेशी र दुई एसोसिएट खेलाडी छन् ।

 

एसोसिएटबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा छन् । ३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्ने कोटा बाँकी छ । यस पटक अक्सनमा गुजरात टाइटन्सले ३८.१५ करोड भारु सर्वाधिक रकम खर्च गर्न पाउनेछ ।

 

हैदराबादसँग ३४ करोड, चेन्नई सुपर किंग्ससँग ३१.४ करोड, दिल्ली क्यापिटल्ससँग २८.९५ करोड र कोलकाता नाइट राइडर्ससँग ३२.७ करोड भारु खर्च गर्न पाउने रकम छ ।

 

लखनऊ सुपर जायन्ट्ससँग सबैभन्दा कम १३.१५ करोड भारु खर्च गर्न पाउने रकम छ । मुम्बईसँग १७.७५ करोड, पन्जाबसँग २९.१ करोड, बेंगलोरसँग २३.२५ र राजस्थानसँग १४.५ करोड खर्च गर्न पाउने रकम छ ।

 

यस पटक अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले सबैभन्दा महँगो मूल्य पाउने अनुमान गरिएको छ । अष्ट्रेलिया जोश हेजलवुड, कप्तान प्याट कमिन्स र ट्रर्विस हेड पनि महँगो मूल्यमा जाने सम्भावना छ । न्युजिल्यान्डका दुई अलराउन्डर रचिन रविन्द्र र डर्याल मिचेलले पनि अक्सनमा महँगो मूल्य पाउन सक्छन् ।

 

नेपालबाट भने सर्ट लिष्टमा कुनैपनि खेलाडी अक्सनमा छैनन् । यदि कुनै फ्रेन्चाइज टोलीले चाहेको खण्डमा अक्सनमा नेपाली खेलाडी पर्न सक्ने सम्भावना भने बाँकी रहन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...