टस हारेर नेपालले पहिला फिल्डिङ गर्दै
वि.सं.२०८० कात्तिक १४ मंगलवार १३:१०
3.3K
shares
काठमाडौं: आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले मलेसियासँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेर ब्याटिङ रोजेको छ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । नेपाल विजयी हुँदा समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुग्नेछ ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन ।
नेपालको प्लेइङ ११:
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
वि.सं.२०८० कात्तिक १४ मंगलवार १३:१०




















