Texas College
YouTube Link

चाडपर्व लक्षित विशेष चेकजाँच अभियानका क्रममा लापसे गरेर गाडी चलाएको भेटियो, ४ जना पक्राउ

Facebook Link

 

काठमाडौं: दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधनका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ ।

 

चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो । तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दसैँका यात्रु बोक्ने बसका चालक रहेका छन् ।

 

विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडाैंको नागढुङ्गामा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ना७ख ५३२ नम्बरका ट्रकचालक धादिङको थाक्रे गाउँपालिका–२ का २९ वर्षीय रामकुमार सुवेदी, बा४ख ५७४८ नम्बरका बसचालक काठमाडौंको तारकेश्वर नगरपालिका–१ का २६ वर्षीय दिपेश सापकोटा, प्रदेश३०१००६ख २५४६ नम्बरका ट्रकचालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ का ३१ वर्षीय रामकुमार गौतम र ना६ख ९६९३ नम्बरका बसचालक कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको उनले बताए । आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा र यात्राका क्रममा कुनै समस्या परेमा यात्रुले तत्काल नजिकैको यात्रु सहायताकक्ष, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नं १०३ र प्रहरीको हटलाइन नं १०० मा खबर गर्नसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

 

नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली र छठपर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष जाँच अभियान चलाइरहेको छ । चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सुरक्षा, सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकामा मापसे, लापसेलगायतका अन्य विशेष सवारीसाधन तथा चालकमाथि ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ ।

 

चाडपर्वको मौका छोपी सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको अनुगमनका लागि सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको भट्टले बताए । प्रहरीले काठमाडौं उपत्यकाको १६ स्थानमा राखिएका यात्रु सहायता कक्षमार्फत यात्रुलाई परेका विभिन्न समस्या समाधानसमेत गरिँदै आएको पनि प्रवक्ता भट्टले जानकारी दिए । -रासस

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...