YouTube Link

सहज बन्दै बजारमा चिनी, तोकिएको मूल्यभन्दा बढी लिए उजुरी गर्न वाणिज्य विभागको आग्रह

Facebook Link

 

काठमाडौं: उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ । उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार सङ्घले जनाएको छ ।

 

सङ्घका अनुसार अस्ति बुधवार प्रति बोरा ५० किलोका ३८५ बोरा चिनी बजार पठाइएको छ । यस्तै, हिजो ३८२ बोरा चिनी  गएको छ । थप चिनी आज बजारमा जाने सङ्घले जनाएको छ । सङ्घका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका सङ्घका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ ।

 

बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो । विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घले चिनी बिक्री गर्न थालेको हो । यसरी बिक्री भइरहेको चिनीको मूल्य किलोको ११५ रुपैयाँ निर्धारण गरिएको वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए । किलोको ११५ रुपैयाँभन्दा बढी लिए विभागमा उजुरी दिन उपभोक्तालाई उनको आग्रह छ ।

 

बजारमा पेयपदार्थका लागि उद्योगीसँग मौज्दातमा रहेका चिनी पठाउन थाले पनि ढुवानी भाडा बढी लाग्न थालेपछि बिक्रेताहरुले बिक्री गर्न रुचि देखाएका छैनन् । यसले गर्दा सबै उपभोक्तामाझ चिनी पुर्याउन भने समस्या देखिएको विभागले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...