दसैं लागेसँगै सुनको हालसम्मकै उच्च, एकै दिन बढ्यो १८ सय
वि.सं.२०८० कात्तिक ३ शुक्रवार १२:००
1.1K
shares
काठमाडौं: दसै लागेसँगै स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सयले रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसलगत्तै मूल्य एक दिनै एक हजार ८ सय रुपैयाँ बढेको हो ।
तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार भने चाँदीको प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० कात्तिक ३ शुक्रवार १२:००