YouTube Link

ओली भन्छन् घमण्ड र दम्भले मान्छेलाई बिगार्छ, इलेक्ट्रिक सिग्रेटबाट ल्याइएको ९ किलो सुनको कारबाही कहाँ पुग्यो ?

Facebook Link

 

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै दम्भ र घमण्डले मानिस सकिने बताएका छन् ।

 

सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ‘एउटा युवा १२५ घन्टादेखि उभिएर सत्याग्रह गरिरहेको छ । त्यहाँ माग के हो भनेर सरकारले सोध्यो ? एक जनाले जोसँग सम्बन्धित छ विषय, तीनका नेता खोज्दै जानुपर्ने लगायतका अभिव्यक्ति आएका छन्,’ ओलीले अघि भने, ‘दम्भ र घमण्डले मान्छेलाई सिध्याउँछ । समस्या बल्झाएर कोही सफल हुँदैन । समाधान गरेर सफल हुन्छ ।’

 

साथै, उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे । ‘म सरकारलाई भन्न चाहन्छु, शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुन सक्दैन । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, सत्यलाई विभाजित गर्न सकिँदैन,’ ओलीले भने, ‘सत्यसँग सिंह नजुधाउनुस्, शिक्षकहरूसँग चलाखी नगर्नुस् । शिक्षा मन्त्रालयमा वार्ता हुँदैन, गृहमा हुन्छ । एकथरीसँग वार्ता गरिन्छ अर्कोसँग गरिँदैन । लोकतन्त्रमा यस्तो हुँदैन ।’

 

अध्यक्ष ओलीले सरकारले सुन प्रकरणमा छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । उनले भने, ‘हामीले एक महिनासम्म संघर्ष गरेर सुन तस्करीको व्यापक छलफल गर्नुपर्छ भनेर एक महिनापछि आयोग बनाउन मान्यो । किन एक महिना पर्खिनुपर्यो भने सरकार एअरपोर्टमा पक्रिनुपर्ने सुन प्रक्रिएन । पक्रिएका मान्छेलाई पनि छाडेर सबै लुकाउन लगाइयो ।’

 

उनले सरकार अहिले सुन प्रकरणको छानबिन गर्न पाइँदैन भन्न थालेको बताए । उनले भने, ‘सरकार अहिले छानबिन गर्न पाइँदैन भन्छ । भविष्यमा कस्तो कानून बनाउने भन्नेबारे छलफल गरौं भन्छ । १०० किलो हामीले सुन्यौं तर एक महिनापछि ६१ किलो मात्रै भयो । बाँकी कहाँ गयो ? इलेक्ट्रिक सिग्रेटबाट ल्याइएको ९ किलो सुनको कारबाही कहाँ पुग्यो ?’

 

उनले सुन तस्करी गर्नको लागि नागरिकता दिएर मान्छे तयार गर्ने व्यापारी को हो ? भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसँग एउटामात्रै सुन पगाल्ने मेसिन हुँदा तस्करहरुसँग पाँचवटा कसरी भयो ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गिरिबन्धु टिस्टेटको फाइल खोल्न पनि चुनौती दिए । गिरिबन्धुको फाइल खोलेपनि गठबन्धनकै नेताहरु नै जेल जाने दाबी गर्दै एमालेलाई केही असर नगर्ने बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...