YouTube Link

सुपर फोर अन्तर्गत भारत-पाकिस्तानबीचको खेल आज पनि हुँदै

Facebook Link

 

काठमाडौं: एसिया कप सुपर फोर अन्तर्गत भारत र पाकिस्तानबीचको खेल आज पनि हुने भएको छ । खेल साढे २ बजे सुरु हुनेछ । आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा गएको हो ।

 

आज हुने खेलमा हिजो रोकिएकै स्थितिबाट खेलले निरन्तरता पाउने भएको हो । श्रीलंकाको कोलम्बोमा  पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए ।

 

यी दुईले पहिलो विकेटका १६ दशमलब ४ ओभरमा १२१ रनको साझेदारी गरेका थिए । पहिलो पावर प्लेमा पाकिस्तानी बलर विकेटविहीन रहे । साहिन साह अफ्रिदीले पहिलो ओभरमा सुरुवातका पाँच बल डट फालेका थिए । तर अन्तिम बलमा रोहितले छक्का प्रहार गरे । यो भन्दा अघिसम्म साहिनलाई अन्तराष्ट्रिय क्रिकेटमा पहिलो ओभरमा कुनैपनि ब्याटरले छक्का हिर्काएका थिएनन् । महँगा सावित भएका साहिनले आफ्नो सुरुवाती तीन ओभरमा ३१ रन खर्चिएका थिए ।

 

खेलको १८औं ओभरमा सदाव खानले रोहतिलाई आउट गर्दै साझेदारी तोडे । रोहितले ४९ बलमा ५६ रन बनाए । उनी एसिया कपमा पाकिस्तानविरुद्ध सर्वाधिक ६ अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । ओडीआई करियरमा उनको यो ५०औं अर्धशतक हो । ५८ रनमा गिल अफ्रिदीको बलमा मैदान बाहिरिए । भारत २४ ओभर एक बलमा दुई विकेट गुमाएर १४७ रनको स्थितिमा रहँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि खेल सुरु हुन सकेन र रिभर्ड डे मा हुने निश्चित भयो ।

 

आज ८ रनमा खेलिरहेका विराट कोहली ८ र १७ रन बनाएका के एल राहुलले इनिङस अघि बढाउनेछन् । जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका हुन् । समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...