YouTube Link

इतिहासमा किरात राज्य र क्षतित्व

World Cup 2026
Facebook Link
vision

इतिहास आफैमा ठूलो विषय हो यसको मूल्य र विशेषता अथहा हुन्छ । वर्तमानमा हुने राम्रा, नराम्रा धर्म, पाप विकास विनाश या त नरसंहार यस्ता विषयहरुको नाली बेली लिखित तथा अलिखित विवरण र दस्तावेजहरुको ठेली नै इतिहासको जन्मकार हुन् । विश्वको मानचित्रमा  नियाल्ने हो भने नेपाल देशको भूगोल सुक्ष्म आकारको भएतापनि यस सानो भूगोल भएको इतिहास ज्यादै रोचकपूर्ण रहेको पाइन्छ । प्रसङ्ग १२३०/३१ को केही एतिहासिक घट्नाक्रम  खोतल्ने प्रयास गरेको छु, हुन त नेपालको इतिहास मानव सभ्यताको शुरुवातको समयसँग जोडिएको इतिहास पाइन्छ । विभिन्न समयहरुमा पटक पटक राजनैतिक परिवर्तनसँगै वर्तमानमा हामी संघिय लोकतान्त्रिक गणतन्त्र राज्य व्यावस्थामा छौं ।

 

केन्द्रिकृत राज्य व्यावस्थाबाट विक्रेन्द्रिकृत राज्य व्यावस्थामा प्रवेशसँगै नेपालमा रहेको प्रमुख जातिहरु एकिकरण अगाडी साथै त्यो भन्दा पनि अगाडीको ऐतिहासिक तथ्यको आधारमा राज्यहरुको नामाकरणको निमित्त आन्दोलन मै उत्रिएको अवस्था छ । हालको प्रदेश नं. १ काठमाडौं उपत्यकामा करिब ७०० वर्ष राज्य गर्ने किरातहरुको समूह (सन्तान) हरु काठमाडौं उपत्यका पछि दोस्रो स्थानको रुपमा हालको प्रदेश नं. १ क्षेत्रमा राज्य गरेको इतिहास पाईन्छ । २००७ साल ताकाको लिखितम अभिलेखहरुमा माँझ किरात वल्लो किरात पल्लो किरात लेखिएको सरकारी काम काजका लागि प्रयोग गरिएको दस्तावेजहरु प्रशस्त पाइन्छ । वि.सं. १२३१ सम्म माझ किरातको हाल भोजपुर जिल्लाको हतुवा गडीमा किरात राई राजा सुनाहाङको राज्य थियो । त्यस बखत माझ किरात राज्यहरु मध्ये शक्तिशाली राज्यमा यो राज्यले आफूलाई स्थापित गरेको इतिहास पाइन्छ ।

 

वि.सं. १२३४ को समय आक्रमण गरी धेरै पटकको प्रयासमा भिषण युद्ध पश्च्यात यस राज्यलाई पराषत गरियो । इतिहासकारहरुको अनुसार विजयपुर राज्य वि.सं. १४२१ को समयमा स्थापना भएको यो राज्य दक्षिणमा जलालगढ उत्तरमा साङगूरी गढी, पूर्वमा टिस्टा पश्चिममा कोशी नदीसम्म राज्य विस्तार गरेको इतिहास पाइन्छ ।

 

इतिहासकारहरुको अनुसार महामन्त्रीमा उसको भाई कर्म हाङ र सेनापतिमा उसको कान्छा भाई अटल सिंहले कमाण्ड सम्हालेर १८३०/३१ को समयमा पृथ्वी नारायण शाहको फौजसँग बहादुरी पूर्णले युद्ध लडेको इतिहास पाइन्छ । उसको तात्कालिन दरबार, कोत खाना उसले प्रयोग गरेका हात हतियार लगायतको सरसामानहरु अझै पनि हतुवा घोडेटारमा रहेको स्कुलमा रहेको छ । यस विषय र ति ऐतिहासिक सामानहरु राज्यले संरक्षण गर्नुका साथै पुरातात्विक जस्ता निकायहरु खटाएर उत्खनन् अनुसन्धान गर्नु जरुरी रहेको छ । यस विषयलाई किरात राई यायोरुखा केन्द्रले पनि विशेष भूमिका खेल्नु आवश्यक छ । त्यस्तै यस माझ किरात अन्तर्गत विजयपुरगडी राजा बुद्धिकर्ण राईको राज्य हाल सुनसरी धरानमा अवस्थित विजयपुर राज्य हाल संरक्षण र उत्खनन्को अभावमा त्यस ताकाको गडीको केही इट्टाको टुक्रा शक्तिशाली रहेको इतिहास पाइन्छ । वि.सं. १२३४ को समय आक्रमण गरी धेरै पटकको प्रयासमा भिषण युद्ध पश्च्यात यस राज्यलाई पराषत गरियो । इतिहासकारहरुको अनुसार विजयपुर राज्य वि.सं. १४२१ को समयमा स्थापना भएको यो राज्य दक्षिणमा जलालगढ उत्तरमा साङगूरी गढी, पूर्वमा टिस्टा पश्चिममा कोशी नदीसम्म राज्य विस्तार गरेको इतिहास पाइन्छ ।

 

त्यस्तै त्यसै ताका वरपरको समयमा पल्लो किराँत हालको लिम्बुवान क्षेत्रको पाँचथरका याङ्वरक थुममा रहेको त्यस ताकाको शक्ति शाली राजा हिलिहाङ अध्ययन अनुसार १७८३ मा जन्मेको राजा हिलिहाङ गोर्खे फौजलाई १७ पटक धुलो चटाउने राजा हिलिहाङको समयमा हाल भारतमा विलय भएको सिक्किम स्वतन्त्र राज्य थियो उनको समयमा सिक्किम लगायत आसपासको आफ्नो छिमेकी राज्यहरुसँग कुशल रुपमा कुटनैतिक तथा राजनैतिक सम्बन्ध राख्ने गरेको थियो भन्ने इतिहास पाइन्छ ।

 

 

हामी किँरातीहरु आफू र आफ्नो समुदाय राज्य माथी कसैले आक्रमण गर्छ भने त्यसको विरुद्धमा बहादुरीताका साथ यसरी लागी पर्छौं र त्यसलाई त्यसरी नै धुलो चटाउँछौं तर मन पनि त्यति नै कमलो हुन्छ छल ढाँट कपट धानिन्दैन । त्यसको फाइदा लिइदै हामी किराँतीहरुको मन …………. व्यवहार राम्रो सित बुझेको पृथ्वी नारायण शाहले १७ पटक सम्मको आक्रमण पछिको युद्धमा पनि आफ्नो हार वाद आफुसँग आएको मगर सेनाहरु र तिमीहरु एउटै वंशको होउ युद्धले वंश नाश हुन्छ भन्ने तर्क राखी सम्झौता गरेको ईतिहास पाइन्छ । यस्ता हाम्रो ईतिहास्, अवस्था, पहिचान, जीवनशैली बोकेको ऐतिहासिक गदी गौंडा । यस्ता अवशेषहरु कैयौं छन् । उत्खनन्, जिर्णोद्वार र संरक्षणको पर्खाइमा बसेको खण्ड…. हरु पत्र .. छन् । विभेद र पक्षपात निति बोकेको राज्यले त यस विषयमा केही ठोस कदम चाल्दैन । यसको उत्खनन् संरक्षण, जिर्णोद्वारको पहल अब तपाई हामी स्तरबाटै शुरु गर्न जरुरी रहेको छ । राज्यलाई झक् झकाउन जरुरी रहेको छ ।

 

(खुवालुङ मासिक पत्रिकाबाट)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...