YouTube Link

एसिया कपको सदाबहार दाबेदार भारतसँग आज नेपाल भिड्दै

Facebook Link

 

काठमाडौं: एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि भारतविरुद्ध खेल्ने अवसर पाएको हो । नेपालले डेब्यू खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार व्यहोर्न पुग्यो । नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ ।

 

एसिया कपको सदाबहार दाबेदार भारतले आफ्नो पहिलो खेलमा चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग अंक बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब भारतले दोस्रो खेलमा नेपालसँग खेल्न लागेको हो । समूह ए मा नेपाल र भारतबीचको विजेता अर्को चरणमा पुग्नेछ ।

 

एसिया कप खेल्दै गरेका ६ टोलीमध्ये सबैभन्दा कमजोर टोली नेपालले भारतविरुद्ध अकल्पनीय नतिजा निकालेको खण्डमा त्यो नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक दिन हुनेछ ।

 

सन् २०१७ मा एसिसी यु १९ एसिया कपमा नेपालले भारतलाई १७ रनले हराएको थियो । त्यस समयमा पनि समूह ए मा भारतलाई हराउँदै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । अहिले पनि त्यस्तै समीकरण छ । त्यस ऐतिहसिक जितका ६ जना खेलाडी दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भिम सार्की, सन्दीप लामिछाने, आसिफ शेख र किशोर महतो यस पटक पनि टोलीमा छन् ।

 

नेपाली क्रिकेट इतिहासमा भारतलाई हराएको त्यही एकमात्र खेलका नेपाली टोलीका ब्याटिङ प्रशिक्षक मोन्टी देशाई यस पटक मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...