YouTube Link

आजदेखि अनलाइनबाट कम्पनी दर्ता र खारेज कार्यान्वयनमा आउने

Facebook Link

 

काठमाडौं: नेपाल सरकारको आर्थिक २०८०/८१ को बजेट वक्तव्यमा घोषणा गरेको अनलाइनबाट कम्पनी दर्ता र खारेज आजदेखि कार्यान्वयनमा आउने भएको छ ।

 

कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइनबाट नयाँ कम्पनी दर्ता र खारेजी प्रक्रिया अघि बढाएको हो । अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न रजिस्ट्रार कार्यालयले सूचनाका साथ निर्देशन पनि जारी गरेको छ ।

 

कम्पनी कार्यालयका अनुसार हालसम्म करिब तीन लाख सात हजार ७९७ कम्पनी दर्ता भएका छन् । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘नीति कार्यान्वयनको लागि यस कार्यालयले निकट भविष्यमा कम्पनी दर्ता, कम्पनी प्रशासन एवं खारेजी सम्बन्धी सेवा लिनको लागि हुलाक सेवा प्रदायकसंगको सहकार्यमा सेवाग्राही कम्पनीको संचालक वा प्रतिनिधि यस कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुनपर्ने छ ।’

 

सोही प्रयोजनको लागि कार्यालयलाई कम्पनी सम्बद्ध विभिन्न सूचना तथा जानकारी एवं परिमाजिर्त तथा सम्पादित कागजातहरु आवश्यक भएकोले कम्पनी ऐनको दफा १६ तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी ऐनको दफा १८५ वमोजिम नियुक्त कम्पनी सचिव, कम्पनी सचिवको रुपमा काम गर्न तोकिएको कर्मचारी, कम्पनीका संचालक एवं प्रचलित कानुनले कम्पनी वा ट्रष्ट सेवा प्रदायक भनी परिभाषित गरिएका संस्था वा व्यक्तिहरुलाई विभिन्न निर्देशन जारी गरेको छ ।

 

यस्तै कम्पनीको इमेल ठेगाना अध्यावधिक गर्नुपर्ने भए गर्न त्यस्तो इमेल ठेगाना र कार्यालयले दिएको पासवर्ड कम्पनीको आधिकारीक व्यक्तिको नियन्त्रणमा राख्न र स्वयं प्रयोग गर्न समेत सूचित गरिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार कम्पनी संस्थापना गर्दा वा शेयर खरिद विक्रीको चरणमा कम्पनीका शेयरधनी तथा संचालकहरुको राष्ट्रिय परिचयपत्र नं समेत आगामी दिनमा अनिवार्य गर्ने, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसंगको सहकार्यमा व्यक्तिको वायोमेट्रिक विवरण समेत रुजु गर्ने कार्ययोजना रहेकोले कम्पनीका शेयरधनीहरुको व्यक्तिगत विवरणमा राष्ट्रिय परिचयपत्र नं र विस्तृत ठेगाना  अध्यावधि गर्न दर्ता भएका कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...