सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै
वि.सं.२०७९ चैत २३ बिहीवार ०९:२२
1.6K
shares
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रम आयोजना गरि सरकारको न्यूनतम साझा कार्यक्रम तथा प्राथमिकता सार्वजनिक गर्ने तयारी गरेको छ ।
न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सम्मिलित कार्यदल बनेको थियो ।
सो कार्यदलले तयार पारेको प्रतिवेदन गठबन्धन बैठकबाट अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी गरिएको हो । साझा कार्यक्रममा संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन र विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ ।
वि.सं.२०७९ चैत २३ बिहीवार ०९:२२



















