लुकाकुको ह्याट्रिकसँगै स्वीडेनमाथि बेल्जियमको सानदार जित
वि.सं.२०७९ चैत ११ शनिवार ०९:२९
1.6K
shares
एजेन्सी: रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्वीडेनलाई उसकै मैदानमा ३–० गोल अन्तरले हराउँदै युरो २०२४ को छनोटमा सानदार जित निकालेको छ ।
फ्रेन्ड्स एरिना सोल्ना स्वीडेनमा गएराति भएको खेलको ३५औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । लुकाकुले सन् २०२१ पछि बेल्जियमको लागि गोल गर्न सफल भएका हुन् ।
खेलको ४९औं मिनेटमा लुकाकुले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । त्यसपछि ८२औं मिनेटमा लुकाकुले ह्याट्रिक पूरा गर्दै बेल्जियमलाई सानदरा जित दिलाए ।
जितसँगै समूह ‘एफ’ मा बेल्जियमले ३ अंक बटुलेको छ । स्वीडेन अंकविहीन छ । यही समूहको अर्को खेलमा अष्ट्रियाले अजरवैजानलाई ४–१ ले पराजित गर्दै शीर्ष स्थानमा पुगेको छ ।
वि.सं.२०७९ चैत ११ शनिवार ०९:२९




















