सांसद भण्डारी र उनकी आमालाई थप उपचारका लागि मुम्बई लगिदै
वि.सं.२०७९ फागुन ४ बिहीवार १०:४६
2.4K
shares
काठमाडौं: नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि भारत लगिने भएको छ ।
गए राति उनकै निवास बुद्धनगरमा ग्यास सिलिण्डर विस्फोट भएर घाइते भएका भण्डारीलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालले भारत रिफर गरेको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका छन् ।
सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको छ ।
सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले अस्पताल पुगेर आज बिहान जानकारी लिएका छन् । यस्तै कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू एनपी साउद र प्रदीप पौडेल तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पनि अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
वि.सं.२०७९ फागुन ४ बिहीवार १०:४६



















