YouTube Link

नेकपा माओवादी केन्द्रले मनायो २८औं जनयुद्ध दिवस, सत्ता साझेदार दलहरूमा व्यापक असन्तुष्टि

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रमको आयोजना गरी २८औं जनयुद्ध दिवस मनाएको छ ।

 

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेरिसडाँडामा  रहेको सहिद स्तम्भमा पनि प्रचण्डले माल्यार्पण गरेका छन् ।

 

प्रचण्ड नेतृत्वको सरकारले माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय लिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ   स्वयम् सत्ता साझेदार दलहरू नै सरकारको यो निर्णयमा असन्तुष्ट देखिएका छन् ।

 

हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले आफैँ ठाडो प्रस्ताव लगेर जनयुद्ध दिवसमा बिदा दिने निर्णय गराएका थिए । यो प्रस्ताव लगिँदैछ भन्ने सुइँको पाएर सत्ता साझेदार दल राप्रपाका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी नै भएनन् । सरकारको यो निर्णयलाई लिएर सबैभन्दा बढी राप्रपामै असन्तुष्टि देखिएको छ ।

 

यसअघि राप्रपाको जोडबलमा सरकारले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको थियो । त्यसबेला आफ्नो इच्छाविपरीत बिदा दिन बाध्य भएका प्रचण्डले अहिले त्यसको साटो फेर्न खोजेको राप्रपा नेताहरूको बुझाइ छ ।

 

पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भने कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । यता सबैभन्दा ठूलो सत्ता साझेदार दल एमाले पनि सरकारको निर्णयप्रति बेखुस देखिएको छ । हिजोको बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीले सार्वजनिक बिदा दिन नहुने राय व्यक्त गरेका थिए ।

 

यता सार्वजनिक बिदाको निर्णयपछि जनयुद्ध लडेको पार्टी माओवादीमा भने उत्सवको माहौल देखिएको छ । सो पार्टीका नेता कार्यकर्ताहरू आपसमा खुशी साटासाट गरिरहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...