YouTube Link

काठमाडौंमा नेपाल-भारत सचिवस्तरीय बैठक सुरु

Facebook Link

 

काठमाडौं: नेपाल भ्रमणका लागि केही काठमाडौँ आइपुगेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले  परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसँग भेटवार्ता सुरु गरेका छन् ।

 

सचिव पौडेलको निमन्त्रणमा नेपाल आएका उनी याक एन्ड यती होटेलमा नेपाल-भारत सचिवस्तरी बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ ।

 

सीमा सबन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्विपक्षीय चासोको बिषयमा छलफल गर्नेछन् । त्यसपछि पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।

 

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

आजै विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।

 

सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

 

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...