निर्वाचन आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति
वि.सं.२०७९ माघ १६ सोमवार १४:००
2.4K
shares
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी मिति तोकेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।
आयोगले नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।
वि.सं.२०७९ माघ १६ सोमवार १४:००




















