YouTube Link

कृपया यो सदनमा महिला नेतृलाई चेली नभनियोस्: सुमना श्रेष्ठ

Facebook Link

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी छिन् ।

 

उपसभामुखको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै उनले संसदमा महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी हुन् ।

 

उनले भनिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृलाई चेली भनेपछि के पुरुष नेतालाई चेला भन्छौँ ? त्यस्तो त सुनेको छैन । त्यसकारण मेरो आह्वान छ महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । आत्मियता नै देखाउनुछ भने ३३ प्रतिशत न्यूनतम हो । ५० प्रतिशत महिला यो संसदमा पठाइयोस् ।’

 

सांसद श्रेष्ठले प्रणाली र संरचनाको निर्माण तथा समयको उचित महत्वको सिकाइमा आफ्नो भूमिका रहने बताएकी छन् । अब संसद कार्यतालिका बनाएर अघि बढ्ने बताउँदै उनले भनिन्, ‘हामीले जनतालाई गरेको वाचा पूरा गर्न हामीलाई कार्यतालिका चाहिन्छ । हामीले जनताका माग पूरा गर्छौ भनेर मात्र हुँदैन कति महिनामा पूरा गर्छौँ भन्नसक्नुपर्छ ।’

 

राजनीतिक भागबण्डा टुंग्याउनै लामो समय लागेको बताउँदै उनले अब छिटो गरेर देशको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । त्यसका लागि प्रत्येक कामको समय छुट्याउनुपर्ने उनको भनाइ छ ।

 

उनले भनिन्, ‘हुमक, आदेश र निर्देशनले मुलुक बन्दैन् । त्यसका लागि एउटा क्यालेन्डर बनाऔँ। त्यही क्यालेन्डरको सीमा भित्र बसेर काम गरौँ । त्यति भए सदन समयसीमा भित्र बाँधिने छ । हामी जवाफदेही बन्नेछौँ । स्वमूल्यांकनको आधार बन्ने छौँ । सदनलाई आक्षेप, गालीगलौच र दोषारोपणको थलो नबनाऔँ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...