Rajshow Bivag

कृपया यो सदनमा महिला नेतृलाई चेली नभनियोस्: सुमना श्रेष्ठ

Departmant of helth services

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी छिन् ।

 

उपसभामुखको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै उनले संसदमा महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी हुन् ।

 

उनले भनिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृलाई चेली भनेपछि के पुरुष नेतालाई चेला भन्छौँ ? त्यस्तो त सुनेको छैन । त्यसकारण मेरो आह्वान छ महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । आत्मियता नै देखाउनुछ भने ३३ प्रतिशत न्यूनतम हो । ५० प्रतिशत महिला यो संसदमा पठाइयोस् ।’

 

सांसद श्रेष्ठले प्रणाली र संरचनाको निर्माण तथा समयको उचित महत्वको सिकाइमा आफ्नो भूमिका रहने बताएकी छन् । अब संसद कार्यतालिका बनाएर अघि बढ्ने बताउँदै उनले भनिन्, ‘हामीले जनतालाई गरेको वाचा पूरा गर्न हामीलाई कार्यतालिका चाहिन्छ । हामीले जनताका माग पूरा गर्छौ भनेर मात्र हुँदैन कति महिनामा पूरा गर्छौँ भन्नसक्नुपर्छ ।’

 

राजनीतिक भागबण्डा टुंग्याउनै लामो समय लागेको बताउँदै उनले अब छिटो गरेर देशको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । त्यसका लागि प्रत्येक कामको समय छुट्याउनुपर्ने उनको भनाइ छ ।

 

उनले भनिन्, ‘हुमक, आदेश र निर्देशनले मुलुक बन्दैन् । त्यसका लागि एउटा क्यालेन्डर बनाऔँ। त्यही क्यालेन्डरको सीमा भित्र बसेर काम गरौँ । त्यति भए सदन समयसीमा भित्र बाँधिने छ । हामी जवाफदेही बन्नेछौँ । स्वमूल्यांकनको आधार बन्ने छौँ । सदनलाई आक्षेप, गालीगलौच र दोषारोपणको थलो नबनाऔँ ।’

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...