Rajshow Bivag

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच ८ सांसद बराबर एक मन्त्रालय पाउनेगरी भागबण्डा मिल्यो

Departmant of helth services

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागवण्डामा मोटामोटी सहमति जुटेको छ ।

 

ओली र प्रचण्डबीच भएको छलफलमा सरकारमा सहभागी हुने दलहरुको आधारमा मन्त्रालय संख्यासहित भागबण्डाको खाका तयार गरिएको हो ।

 

स्रोतका अनुसार लोसपा समेत सरकारमा सहभागी हुन चाहेपछि सत्ता साझेदार दलहरुले यसअघि पाउने भनिएका मन्त्रालय संख्या एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच ५ घण्टा भएको छलफलमा दुई नेताबीच सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको स्रोतको दावी छ ।

 

एमालेले ८ वटा मन्त्रालय पाउनेछ । अहिले एमालेले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय पाइसकेको छ । अव उसले ७ वटा मन्त्रालय पाउनेछ । एमालेले यसअघि १० वटा मन्त्रालयको दावी गर्दै आएको थियो ।

 

यस्तै सरकारमा सहभागी दोस्रो ठुलो र सरकारको नेतृत्व गरेको माओवादीले ४ वटा मन्त्रालय पाउनेछ । माओवादीले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ । अव उसले ३ वटा मन्त्रालय पाउनेछ । माओवादीले यसअघि ६ वटा मन्त्रालय दावी गर्दै आएको थियो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद २० जना भएपनि उसलाई ३ वटा मन्त्रालय दिने ओली र प्रचण्डबीच सहमति भएको छ । रास्वपाबाट अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । अव उसको भागमा २ मन्त्रालय पर्नेछन् ।

 

१४ सांसद रहेको राप्रपा र जसपाले दुई-दुई वटा मन्त्रालय पाउने छन् । त्यस्तै जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०लाई एकएक मन्त्रालय दिन दुई नेता सहमत भएका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...