सनराइज क्यापिटलको विशेष छुट
वि.सं.२०७९ माघ २ सोमवार १६:११
1.4K
shares
काठमाडौं: सनराइज क्यापिटल लिमिटेडले ३० वर्षे कार्यकाल पूरा गरेको अवसरमा निःशुल्क डिम्याट खाता खोल्नेदेखि लगानी व्यवस्थापन सेवाको इन्ट्री लोन शुल्कमा तीन वर्षको लागि ३० प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ ।
यो योजना माघ १ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइजब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आएको छ । यो कम्पनीले नयाँ म्युचुअल फण्ड “सनराइज फोकस्ड ईक्विटी फण्ड” निष्कासनको क्रममा रहेको छ ।
हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोबार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्कासन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिष्ट्रार, शेयर प्रत्याभूति, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आएको छ ।
यस्ता छन् छुटका योजना
१. निःशुल्क डिम्याट खाता ३० दिनका लागि
२. निःशुल्क मेरो सेयरखाता ३० दिनका लागि
३. लगानी व्यवस्थापन सेवाको इन्ट्री लोन शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट
४. ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि इन्ट्री लोन ३० दिनका लागि निःशुल्क
५. कष्टोडियल सर्भिसको प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
६. पहिलो ३० जना ग्राहकलाई निःशुल्क कष्टोडियल सर्भिस र पोर्टफोलियो काउन्सिलिङङ
७. संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
वि.सं.२०७९ माघ २ सोमवार १६:११




















