उच्चस्तरीय राजनीतिक समितिको बैठक ५ बजे बस्दै
वि.सं.२०७९ माघ २ सोमवार १६:३६
काठमाठडौं: मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।
‘उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्छ । बाँकी रहेका कार्यसूचीमा निर्णय हुन्छ,’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भने । सरकारमा सहभागी हुने दलहरूले पाउने मन्त्रालयको नाम र मन्त्रीको नाम आजै टुंगो लगाउने दलहरूको तयारी छ ।
एमाले अध्यक्ष केपी ओली संयोजक रहेको उच्चस्तरीय समितिको बैठकले दलहरूले पाउने मन्त्रालयको टुंगो लगाउन लागेको हो ।
यसअघि ओली निवास बालकोटमा प्रधानमन्त्री छलफलका लागि पुगेका थिए । करिब ५ घण्टा प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।
वि.सं.२०७९ माघ २ सोमवार १६:३६