नेपाल राष्ट्र बैंकले दियो प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्न स्वीकृति
वि.सं.२०७९ पुस २० बुधवार १५:२८
1.9K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।
राष्ट्र बैंकले पुस १९ गते प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्न गत मंसिर २१ गते सम्झौता गरेको थियो । प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गर्न लागेको हो । दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् ।
सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै रहनेछ । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि दुबै बैंकलाई एकिकृत कारोबार गर्ने बाटो खुला भएको छ । दुबै बैंकले यसअघि नै पुसभित्रै एकिकृत कारोबार गर्ने योजना बनाएका थिए । यस आधारमा पुस भित्रै एकिकृत कारोबारका लागि बाटो खुला भएको छ ।
वि.सं.२०७९ पुस २० बुधवार १५:२८




















