YouTube Link

फुटबल कर्मले निर्विवाद सर्वमान्य महान् फुटबलर मेस्सी

Facebook Link

 

काठमाडौं: लियोनल मेस्सीले विश्वकप फुटबलको उपाधि जितेसँगै फुटबल कर्मले उनी निर्विवाद सर्वकालीन महान् फुटबलर बनेका छन् ।

 

मेस्सीले क्लब फुटबलका सबै उपाधि र व्यक्तिगत अवार्ड जितेपनि विश्व विजेता बन्न सकेका थिएनन् । मेस्सीले सन् २००५ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन् । सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा मेस्सी टोलीको प्रमुख सदस्य थिए ।

 

मेस्सीले ७ पटक फिफा वर्ष खेलाडी अवार्ड जितेपनि विश्वकप उपाधि हात नपारेकाले पेले र म्याराडोनासँग तुलना गर्न नहुने तर्क रहँदै आएको थियो । फिफा विश्वकपको आधिकारिक फेसबुक पेजमा पनि सर्वकालीन महान् खेलाडी विवाद समाधान भएको उल्लेख गरेको छ ।

https://www.facebook.com/fifaworldcup/photos/a.608143955868122/6773133479369108/

सन् २०१४ मा मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो । लगातार दुई वर्ष तीन ठुला प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएपछि मेस्सीले सन् २०१६ मा सन्न्यासको घोषणा गरेका थिए ।

 

आफ्नो भाग्यमा सिनियर अन्तर्राष्ट्रिय उपाधि लेखिएको रहेनछ भन्दै रुँदै सन्न्यास लिएका मेस्सीले चौतर्फी दबाबपछि सन् २०१७ मा फेरी अर्जेन्टिना टोलीका लागि उपलब्ध हुने निर्णय गरेका थिए ।

 

गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिका जितेर उनले अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको पुरा गरेका थिए । अर्जेन्टिनाले त्यो २८ वर्षपछि जितेको पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि थियो । तर पनि विश्वकप जित्न नसकेको भनेर उनीमाथि लगातार प्रश्न उठिरहेको थियो ।

 

 

कतारमा भएको विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै साउदी अरबसँग पराजित भएपछि दबाबमा आएको थियो । तर दोस्रो खेलबाट अर्जेन्टिनाले पछाडि फर्केर हेर्नु परेन । नेदरल्यान्ड्सलाई क्वाटर फाइनलमा टाई ब्रेकरमा हराएको अर्जेन्टिनाले फाइनल जित्न पनि साबिक विजेता फ्रान्सविरुद्ध टाई ब्रेकरसम्मै पुग्नु पर्‍यो ।

 

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो । विजेता बनेसँगै मेस्सीले यो विश्वकपमार्फत थुप्रै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनी विश्वकप इतिहासमा दुईपटक सर्वोत्कृष्ट खेलाडी अवार्ड हात पार्ने पहिलो खेलाडी बनेका छन् ।

 

यसअघि उनले सन् २०१४ मा पनि गोल्डेन बल प्राप्त गरेका थिए । यस्तै एउटै विश्वकपका हरेक चरणमा गोल गर्ने कीर्तिमान पनि मेस्सीको नाममा बनेको छ । समूहगत चरणमा दुई गोल गरेका मेस्सीले प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलमा एक-एक गोल गरेका थिए ।

 

फाइनलमा आइतबार राती उनले दुई गोल गरे । उनी एकै विश्वकप र समग्र विश्वकप इतिहासमा सर्वाधिक प्लेयर अफ दी म्याच हुने खेलाडी पनि बनेका छन् । उनी कतार विश्वकपमा ५ पटकसहित समग्रमा ११औँ पटक प्लेयर अफ दी म्याच भए । उनीपछि विश्वकप इतिहासमा सर्वाधिक प्लेयर अफ दी म्याच हुने कीर्तिमान ७ पटकसहित क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् ।

 

मेस्सीले लगातार पाँच वटा विश्वकपमा गोल असिस्ट, सर्वाधिक गोल असिस्टसहित एक दर्जनभन्दा बढी विश्वकपका कीर्तिमानहरू आफ्नो नाममा लेखाएका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन् । उनको नाममा १३ गोल रह्यो ।

 

३५ वर्षीय मेस्सीले यसअघि क्लब फुटबलमा ११ पटक घरेलु लिग, चारपटक च्याम्पियन्स लिग र तीनपटक फिफा क्लब विश्वकप जितेका थिए । सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष उनले फिफा वर्ष फुटबलर अवार्ड जिते । उनी लगातार सर्वाधिक यो अवार्ड हात पार्ने खेलाडी हुन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...