YouTube Link

उच्च अदालत पाटनमा बैंकिङ कसुर मुद्दामा ९९ जनाविरुद्ध मुद्दा दायर, ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश

Facebook Link

 

काठमाडौं: उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।

 

उच्च अदालत पाटनले आज पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आउन भनेको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ ।

 

बयानका लागि बोलाइएकाहरुमा सुर्खेतका देवी कृष्ण न्यौपाने, काठमाडौं स्वयम्भुका लालबहादुर घले, काठमाडौं बौद्धका प्रेम खत्री, काठमाडौं गोकर्णेश्वरका केदार बोहरा, भारतको बिहार घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने मुकेश शाह, काठमाडौंको धुम्बाराही बस्ने शंकर प्रसाद नेपाल, काठमाडौंको तारकेश्वर जरंखु बस्ने सुवास खड्का, काठमाडौं चाबहिलकी दीपा चौलागाईं, दार्चुला घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने विरेन्द्र सिंह धामी, भक्तपुरको मध्यपुर ठिमी घर भई हाल चाबहिल गणेस्थानमा पसल गरी बस्ने मुनि रत्न चक्रधर छन् ।

 

यसैगरी सिन्धुपाल्चोकको फुल्पिङडाँडा घर भई काठमाडौंमा बस्दै आएका निरोज श्रेष्ठ, काठमाडौंको तारकेश्वर-७ बस्ने सबिना कार्की, काठमाडौं चन्द्रागिरि-११ का रुपक कुमार कार्की, काठमाडौंको टोखा बस्दै आएका टेक सिटी इन्टरप्राइजेजका सन्चालक ईशान न्यौपाने, सोलुखुम्बु घर भई काठमाडौंको टोखा बस्दै आएका सुनिल कार्की, खोटाङ घर भई हाल काठमाडौंको बालाजु बस्ने इन्द्रलाल गिरी, सुनसरी घर भई हाल काठमाडौंको टोखामा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सनका सन्चालक प्रशान्त चौधरी, काठमाडौंको तारकेश्वरका उदीपनारायण जोशीविरुद्ध पनि ३० दिने म्यादसहित सूचना जारी गरिएको छ ।

 

बैंकिङ कसुर मुद्दामा ३० दिने म्याद जारी भएका अन्यमा, मोरङ घर भई हाल काठमाडौं-७ बस्दै आएका श्याम थापा, रौतहट घर भई हाल काठमाडौंको खरीबोट बस्दै आएका सुबोध कुमार साह भन्ने सरोज कुमार साह, धनुषा घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने उदित नारायण मण्डल र नुवाकोट घर भइ काठमाडौंको जोरपाटी बस्ने सुजन तामाङ लगायत छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...