YouTube Link

‘बेशर्म रङ’ ले विवादमा तानिए अभिनेत्री दीपिका पादुकोण

World Cup 2026
Facebook Link

 

काठमाडौं: अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ रिलिज हुनासाथ विवादमा तानिएको छ ।

 

गीतमा अभिनेत्री दीपिकाले भगवा रङको बिकिनी लगाएकी छन् । फिल्मलाई लिएर सामाजिक सञ्जालमा ‘ब्वाइकट ट्रेन्ड’ नै चलेको छ ।

 

फिल्मकै कारण दीपिका पहिलोपटक विवादमा तानिएकी भने होइनन् । उनले अभिनय गरेका हरेक फिल्म रिलिज हुनुअघि दीपिकाकै कारण विवादमा तानिएका छन् ।

 

एसिड पीडितमाथि बनेको फिल्म ‘छपाक’ रिलिजअघि दीपिका जेएनयूका विद्यार्थीको प्रदर्शनमा सहभागी भएकी थिइन् । फिल्ममा एसिड पीडितको भूमिकामा अभिनय गरेकी दीपिका प्रदर्शनलाई समर्थन गर्दै सहभागिता जनाएपछि विवादमा तानिएकी थिइन् ।

 

दीपिकाकै कारण फिल्मलाई बहिष्कार गर्नुपर्नेसम्म माग भएको थियो । दीपिका र उनका अभिनेता पति रणवीर सिंहको अभिनय रहेको अर्को फिल्म ‘पद्मावत’ पनि विवादबाट चोखो रहन सकेन । फिल्म रिलिजअघि करणी सेनाले फिल्मले इतिहाससँग खेलबाड गरेको आरोप लगाएको थियो । तर जब फिल्म रिलिज भयो, त्यसपछि विवादका कुनै कुरा बाहिर आएनन् ।

 

निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘रामलीला’मा दीपिका र रणवीर सिंह प्रमुख भूमिकामा थिए । कैयौँ मानिसले फिल्मले रामलीला नाममाथि खेलबाड गरेको आरोप लगाएका थिए । फिल्ममाथि आरोप लागेपछि निर्माण पक्षले फिल्मको नाम ‘गोलियों कि रासलीला रामलीला’ राखेर रिलिज गरेको थियो । ​

 

दीपिकाकै अभिनय रहेको फिल्म ‘गहराइयाँ’ सामाजिक सञ्जालमा लामो समयसम्म चर्चाको विषय बन्यो । फिल्ममा राखिएका बोल्ड दृश्य र कपडाप्रति अधिकांशको आपत्ति थियो । जसकारण फिल्म इन्टरनेटमा चर्चाको राम्रो विषय बनेको थियो ।

 

अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा पनि दीपिकाको नाम आएको थियो । अभिनेताको मृत्युमा लागुऔषध जोडिएपछि यो मामलामा दीपिकासहित कैयौँ कलाकारको नाम बाहिर आएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...