लेखेर राख्दा हुन्छ मैले चुनावमा लोकप्रिय मत ल्याएर जित्छुः जागेन्द्र श्रेष्ठ
वि.सं.२०७९ पुस १ शुक्रवार ०९:००
2K
shares
बर्दिबासः आसन्न बर्दिबास उधोग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उमेदवार जागेन्द्र श्रेष्ठले आफ्नो जित सुनिश्चत रहेको दाबी गरेका छन् ।
कुराकानीका क्रममा श्रेष्ठले भने- लेखेर राख्दा हुन्छ मैले चुनावमा लोकप्रिय मत ल्याएर जित्छु । स्थानीय उद्योगी, ब्यवासाय, ब्यापारीहरुको हक अधिकारका लागि लड्ने छु ।
श्रेष्ठ थप्छन्- बर्दिबास उद्योग वाणिज्य संघमा एक हजार ६८२ मतदाता छन् त्यसमध्ये एक हजार बढी मत ल्याएर जित्छु । उनी बाबा विश्वकर्मा यातायात प्रा.लि.का अध्यक्ष श्रेष्ठ पञ्चकन्या कृषि पशुपंक्षी फर्मका सञ्चालक पनि हुन् ।
श्रेष्ठसँगै चुनावमा कृष्णप्रसाद गौतम र विष्णु खड्काले पनि अध्यक्षमा उमेदवारी दिएका छन् । गौतमलाई एमाले र मेयर प्रल्हाद क्षेत्रीको साथ छ भने खड्कालाई माओवादी केन्द्रको पूर्ण साथ छ भने स्वतन्त्रबाट उमेदवार बनेका श्रेष्ठको चुनाव चिन्ह संख हो । उनी बर्दिबास नगरपालिका-१ का स्थायी बासिन्दा हुन् ।
वि.सं.२०७९ पुस १ शुक्रवार ०९:००




















