स्कुल अफ म्यानेजमेन्ट त्रिवि स्पोर्ट विक सम्पन्न
वि.सं.२०७९ पुस १ शुक्रवार ०८:३७
1.8K
shares
काठमाडौं: ब्यबस्थापन संकाय अन्तरगतको स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा स्पोर्टस विक २०२२ सफलतापुर्वक सम्पन्न भएको छ ।
यहि मंसिर २४ देखि २८ गते ५ दिनसम्म चलेको प्रतियोगिता बुधबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गर्दै सम्पन्न भएको थियो ।
ब्यबस्थापन संकायका डिन डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शर्मा सहित कार्यकारी निर्देशक डा. गोबिन्द तामाङ र उपनिर्देशक डा.गङगाराम बिश्वकर्माले मन्तव्य राखेका थिए । यस्तै शुशान्त महर्जन, दिनेश ओलि र सिसम बजगाईले आफ्नो महत्वपूर्ण मन्तब्य राखेका थिए ।
कार्यक्रमको संयोजन शुशान्त महर्जन तथा टोलिको नेतृत्व दिनेश ओलिले गरेका थिए । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल ,बास्केट बल, चेस, म्यूजिकल चेयर, टेबल टेनिस,१०० मीटर दौड, घैटो फोड र टग अफ वार लगाएतका खेलहरु संचालन भएका थिए ।
प्रतियोगीतामा स्नातकोत्तर तह MBA , MBA GLM ,MBA IT र MBA FC लगायतका विभिन्न सेमेस्टरमा अध्ययनरत करिब ३०० जना विद्यार्थीहरुले विभिन्न खेलहरु मार्फत सहभागिता जनाएका थिए ।
“स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा यो शैलीमा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो । स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरु बीचको प्रतिस्पर्धा भन्दा पनि सामाजिक हुने मौकाको रुपमा आयोजना गरेका हौं । “मिडिया संयोजक प्रदीप पराजुलीले बताए ।
छोटो समयमा नै ११ वटा खेलहरु संचालन गर्न धेरै चुनौती हुँदा पनि सौहार्दपुर्ण बाताबरणमा कार्यक्रम सम्पन्न गर्न सकिनु आँफैमा ठुलो उपलब्धि रहेको सृजना सुवेदीले बताईन ।
कार्यक्रम प्रायोजकमा बेभरेज पाट्नरमा नेसक्याफे, फेशन पार्टनरमा सम्यमी बैंक्वैट र एजुकेसन पार्टनरमा एशिया प्यासिफिक ईन्टरनेशनल कन्सल्टेन्सी रहेका थिए ।
वि.सं.२०७९ पुस १ शुक्रवार ०८:३७




















