YouTube Link

कम्युनिष्टहरु मिलेर सरकार गठनका लागि समीकरण बुन्दै

Facebook Link

 

काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएसँगै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई बाहिर राखेर कम्युनिस्ट सरकार बनाउने कसरत सुरु भएको छ ।

 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै मधेशकेन्द्रित दललाई पनि साथमा लिएर सरकार गठनको तयारीका विषयमा दलहरुबीच छलफल सुरु भएको छ ।

 

यसका लागि १४० सिटको समीकरणमा छलफल भइरहेको छ । एमालेसँग केही ठाउँमा तालमेल गरेर गएको राप्रपालाई भने यो समीकरणमा राखिएको छैन ।

 

प्रतिनिधि सभाको अन्तिम परिणाम घोषणा हुन बाँकी भएपनि सबै दलहरुले जितेका प्रत्यक्ष र समानुपातिक सिटको छिनोफनो भइसकेको छ । परिणाम अनुसार समानुपातिक र प्रत्यक्ष दुवै गरेर नेकपा एमालेको ७८ सिट छ ।

 

नेकपा माओवादी केन्द्रको ३२ सिट, एकीकृत समाजवादीको १० सिट, जनता समाजवादी पार्टीको १२ सिट, जनमत पार्टीको ६ सिट छ । यस बाहेक अन्तिम समयमा एमालेबाट विद्रोह गरेर गएका प्रभु शाहसहित २ जना स्वतन्त्र सांसद गरी कूल १४० सिटको समीकरणमा छलफल भइरहेको छ ।

 

यो समीकरणमा सहमति बनाएर सरकार गठनको लागि एमालेभित्र सचिव रघुवीर महासेठ र उपाध्यक्ष विष्णु पौडेलले लबिङ गरिरहेको स्रोतले जनाएको छ ।

 

यस्तै माओवादीमा उपमहासचिव वर्षमान पुन र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो समीकरणमा सहमति जुटाउन छलफल अगाडि बढाएको बताइएको छ । यसका लागि दलका दोस्रो तहका नेताहरुबीच निरन्तर छलफल भइरहेको छ ।

 

सहमतिका लागि केही बटमलाइनहरु पनि तय गरिएका छन् । जस अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार गर्ने र माओवादी अध्यक्ष प्रचण्डले पनि नेकपा कालमा पार्टीको स्थायी कमिटी बैठकमा पेश गरेको १९ बुँदे प्रतिवेदन गलत थियो भन्ने कुरा स्वीकार गर्नेगरी सहमतिको प्रयास अगाडि बढाइएको छ ।

 

सहमतिको बटमलाइनमा आलोपालो प्रधानमन्त्री बन्ने पनि भनिएको छ । जस अनुसार पहिलो कार्यकालमा प्रधानमन्त्री प्रचण्डलाई दिने प्रस्ताव गरिएको छ । माओवादीलाई प्रधानमन्त्री दिएर एमालेका लागि राष्ट्रपति पद छुट्याइएको छ । यस्तै सभामुख एकीकृत समाजवादीलाई र उपसभामुख जनता समाजवादीलाई दिने प्रस्तावमा छलफल भइरहेको छ ।

 

प्रदेश सरकारमा पनि मोटामोटी नेतृत्वको बाँडफाँट प्रस्ताव गरिएको छ । सुरुवाती छलफलमा लुम्बिनी र कर्णाली प्रदेशको सरकारको नेतृत्व माओवादीलाई दिने गरी छलफल अगाडि बढाइएको छ ।

 

सुदुरपश्चिम प्रदेशको सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने र मधेश प्रदेशमा जनमत पार्टी वा जसपालाई सरकारको नेतृत्व दिने प्रस्तावमा छलफल भइरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...