यसकारण राखियो दोहामा निर्मित स्टेडियम ‘९७४’ नाम
वि.सं.२०७९ मंसिर २० मंगलवार ११:०१
1.7K
shares
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबललाई लिएर अहिले चौतर्फी चासो बढेको छ । विश्वकप आयोजना भइरहेका स्टेडियमप्रति आम जनमानसमा धेरैको चासो छ ।
प्रतियोगिताका लागि कतारले विगत एक दशकमा सात नयाँ रंगशालाहरू निर्माण गरेको छ र अर्कोलाई मर्मत गरेको छ । सात स्टेडियमहरूमध्येको दोहामा निर्मित स्टेडियम ९७४ अद्वितीय निर्माणका लागि प्रख्यात छ । स्टेडियम रिसाइकल सिपिङ कन्टेनरबाट निर्माण गरिएको हो ।
रंगशाला निर्माण गर्न ९७४ वटा ढुवानी कन्टेनरको प्रयोग भएकोले पनि यस रंगशालाको नाम ‘९७४’ राखिएको हो । खाडी देशको अन्तर्राष्ट्रिय डायलिङ कोड पनि ९७४ नै हो ।
प्रतियागितापछि स्टेडियम पूर्ण रूपमा भत्काउन र पुनः प्रयोग गर्न सकिने आयोजकले जनाएको छ । फिफा विश्वकपको आधिकारिक ट्वीटर पेजले स्टेडियम ९७४ को ३६० डिग्री फुटेज सेयर गर्यो । भिडियो सेयर गर्दै फिफाले लेखेको छ, ‘सिपिङ कन्टेनरबाट निर्मित । स्टेडियम पूर्ण रूपमा भत्काउन र प्रतियागितापछि पछि पुनः प्रयोग गर्न सकिन्छ ।’
आयोजकका अनुसार बन्दरगाहको ढाँचाका रूपमा निर्माण गरिएको सो रंगशालाको सिट क्षमता ४० हजार छ ।
वि.सं.२०७९ मंसिर २० मंगलवार ११:०१




















