Texas College
YouTube Link

समानुपातिक तर्फको मतगणना आज सकिँदै

Facebook Link

 

काठमाडौं: निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार आज दिउँसोसम्म समानुपाति तर्फको सबै मतगणना सकिने जानकारी दिएका छन् ।

 

दोलखा र बाजुराको केही मत मात्रै गणना गरी आयोगको वेबसाइटमा प्रविष्ट गर्न बाँकी रहेको भट्टराईले जानकारी दिए । मतगणना सकिएपछि आयोगमा बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्या सहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्ने उनले बताए ।

 

आज विहानसम्म अद्यावधिक विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख मत कटाएको छ । १ करोड ४ लाख ७८ हजार सदर मत गणना हुँदा एमालेले २८ लाख १४ हजार मत प्राप्त गरेको हो ।

 

नेपाली कांग्रेसले २६ लाख ८८ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत प्राप्त गरेका छन् ।

 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीले भने २ लाख ९६ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

 

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्नका लागि कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन नसक्ने देखिएको छ । अहिलेकै सदर मत अनुसार पनि थ्रेस होल्ड पार गर्न ३ लाख १४ हजार ३ सय ६२ मत ल्याउनुपर्छ ।

 

तर एकीकृत समाजवादीले पाएको मत थ्रेस होल्ड पार गर्न चाहिनेभन्दा १८ हजार कम हो । यसपटक पुराना दलहरु एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले पनि थ्रेस होल्ड पार गरी राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...