Texas College
YouTube Link

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो ३६औं साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

Facebook Link

 

काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ११ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ प्रतिशत लाभांश र मेगा बैंकसँगको मर्जर प्रस्तावलाई समेत स्वीकृति दिनेछ ।

 

यस वर्ष बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेगा बैंकसँगको मर्जर प्रकृयामा रहेको बैंकले मर्जर सम्बन्धि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

 

साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कारोबार भई मंसिर २९ गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त नामसारीको लिखतको आधारमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

वि.सं.२०८२ फागुन २७ बुधवार १५:५६

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र...

२ हजार ८९० उम्मेदवारको जमानत जफत

२ हजार ८९० उम्मेदवारको जमानत जफत

वि.सं.२०८२ फागुन २७ बुधवार १५:०१

काठमाडौं:  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा...

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

वि.सं.२०८२ फागुन २६ मंगलवार १२:०९

काठमाडौं: उपत्यकाको वायू प्रदूषण उच्च बनेको छ । विगतको केही...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

वि.सं.२०८२ फागुन २५ सोमवार १२:०७

काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका...

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

वि.सं.२०८२ फागुन २५ सोमवार ११:४५

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक...