डीआईजी सहित २६ सय दरबन्दी थप्न नेपाल प्रहरीको प्रस्ताव

 

काठमाडौं: नेपाल प्रहरीमा एक प्रहरी नायव महानिरीक्षक (डीआइजी) सहित २ हजार ६०० नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ ।

 

प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । प्रधान कार्यालयले एकजना डीआईजी, २ जना वरिष्ठ उपरीक्षक (एसएसपी), ७ जना उपरीक्षक (एसपी) र २५ जना नायव उपरीक्षक (डीएसपी)को दरबन्दी थप्न प्रस्ताव गरेको छ ।

 

अन्तर्राष्ट्रिय  विमानस्थलमा स्तरोन्नती भएसँगै पोखरा विमानस्थलमा प्रहरी वरिष्ठ उपरीक्षक राख्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भइसकेको छ ।

 

दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनुपर्छ । अर्थ मन्त्रालयको सहमति लिएर मात्रै सो प्रस्ताव कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, गृह मन्त्रालयले दरबन्दी थप्ने प्रस्ताव रोकेर ४ जना एआईजी बढुवा गर्ने तयारी गरेको छ ।

 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवामा गृहसचिव विनोद प्रकाश सिंहले तीब्र लविङ गरिरहेका छन् । मंसिर ११ मा आईजीपी धिरजप्रताप सिंहको सहमति बेगर सचिवले निर्वाचन आयोगसँग बढुवाका लागि सहमति मागेका थिए । गृह मन्त्रालयको पत्रको आधारमा निर्वाचन आयोगले आवश्यक बढुवा र सरुवाका लागि मन्त्रालयलाई अनुमति दिएको छ ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...