इलाम १ मा झलनाथलाई हराउँदै एमालेका महेश बस्नेत विजयी
वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४५
2.2K
shares
काठमाडौं: इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाललाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार ९५७ मतान्तरले पराजित गरेका छन् ।
अन्तिम मत परिणामको विवरण भने निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेको छैन ।
इलाम क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष सुवास नेम्वाङले झिनो मतले जितिसकेको अवस्थामा १ मा पनि एमालेले जित्नेतर्फ अग्रसर भएको हो ।
सुरुदेखि नै पछि परिरहेका खनालले २१ हजार ८०२ मत ल्याए । त्यसबेला अहिले २ हजार ५०२ मतले पछि परेका थिए । तर अन्तिम परिणाम आउँदा त्यो मतान्तर बढेर तीन हजार नजिक पुगेको हो ।
आफू पछि परेपछि खनालले त्यहाँ पुन: गणना गर्नुपर्ने माग गरेका थिए । तर निर्वाचन आयोगले त्यसलाई स्वीकार गरेन ।
उनले सुरुमा ५ सय मत तलमाथि गरिएको बताएका थिए । त्यसपछि पनि उनले २६० मतमा गडबड गरिएकाले मतगणना बहिष्कार गर्ने चेतावनी दिएका थिए ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४५



















