समानुपातिक तर्फ एमालेको अग्रता कायमै, कांग्रेसले कटायो २३ लाख मत, माओवादी केन्द्र तेस्रो स्थानमा
वि.सं.२०७९ मंसिर ११ आइतवार १६:२४
काठमाडौं: प्रतिनिधि सभा समानुपातिकतर्फ जारी मत गणनामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्राप्त मतको संख्या २३ लाख कटाएको छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेसले २३ लाख २ हजार ७२६ मत ल्याएको छ । पहिलो नम्बरमा रहेको एमालेले भने २४ लाख २१ हजार ७९६ मत प्राप्त गरिसकेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म १० लाख ७ हजार ७२२ मत ल्याएको छ भने चौथो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ७४२ मत पाएको छ ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ६३० समानुपातिक मत ल्याएको छ ।
प्रत्यक्षतर्फ पनि सिट जितेका यी पाँच दल राष्ट्रिय दल हुनेमा पक्का भइसकेको छ । यसपटक खसेको मतका आधारमा थ्रेसहोल्ड ३ लाख २० हजार देखिएको छ ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १६:२४