YouTube Link

देशकै फोहोर सफा गर्ने अठोट गरेको छु: गगन थापा

Facebook Link

 

काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस उम्मेदवार गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने दाबी गरेका छन् ।

 

कपनका घरदैलोका क्रममा ९३ वर्षीया वृद्धाले थापालाई टीका लगाइ दिँदै राम्रोसँग पढ्न र फस्ट भएर आउन आशीर्वाद दिएकी थिइन् ।

 

निर्वाचनका लागि मत माग्न कपनस्थित खहरे खोलाको बस्तीमा गएका बेला उनले खोलाको व्यवस्थापनका लागि आफ्नो प्रक्रिया अगाडि बढाइसकेकाले अबको दुई वर्षमा काम पूरा हुने जानकारी दिए ।

 

खहरे खोलाको छेउँमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले भने, ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्को पटक तपाईंहरुको बीचमा मत माग्न आउँदैनौं ।’

 

उनले खहरेको छेउँमा रहेका घर अगाडिको फोहोरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन आग्रह गरे ।

 

‘मैले तपाईहरुको घर अगाडिको फोहोर मात्रै हैन, देशकै फोहोर सफा गर्ने अठोट गरेको छु, त्यसका लागि तपाईहरुको साथ अनिवार्य हुन्छ, मलाई रुख चिन्हमा मतदान गरेर त्यो अठोट पूरा गर्ने अवसर प्रदान गरिदिनुहुन अनुरोध छ,’ उनले भने ।

 

बुढानीलकण्ठ वडा नम्बर ११ र १२ हुँदै वडा नम्बर १० तिर बग्ने खहरे खोलाको छेउँमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गरेको छ ।

 

बाढीको समस्या समाधानका लागि आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाउन लागिएकाले त्यो निर्माण सम्पन्न भएपछि समस्या नहुने नेता थापाले जानकारी दिए ।

 

बाढीको समस्या समाधान गर्न आफ्नो भरमग्दूर प्रयासबाट काम अगाडि बढे पनि कतिपय व्यक्तिले भ्रमण फैलाउने प्रयास गरेकाले भ्रममा नपर्न पनि उनले स्थानीयबासीलाई आग्रह गरे ।

 

उनका अनुसार बाढी नियन्त्रणका लागि पटक पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट पारेको छ र काम अगाडि बढीरहेको छ ।

 

विक्रम संम्वत २०५४ सालदेखि शुरु भएको खहरेको बाढीको समस्या समाधान गर्न कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका छन् ।

 

उपत्यका विकास प्राधिकरणमार्फत अगाडि बढाइएको सो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेर गत महिना बोलपत्र पनि प्रकाशित गरेको छ ।

 

दैनिक घरदैलोका क्रममा नेता थापालाई अधिकांश मतदाताले पुरानो पुस्तालाई विस्थापित गर्न र राजनीतिमा पुस्तान्तरण गर्न सक्ने नेताका रुपमा लिएको बताउने गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...