YouTube Link

अमरदीप सुनुवारको अध्यक्षतामा “सुनुवार राष्ट्रसेवक समाज” गठन

Facebook Link

 

काठमाडौं: सुनुवार समुदायले नेपाल सरकारको विभिन्न सेवामा आबद्ध सुनुवारहरूले “सुनुवार राष्ट्रसेवक समाज” गठन गरेको छ ।

 

आईतबार सुनुवार सेवा समाज संघीय समितिको कार्यालयको सभाहलमा एक कार्यक्रमबीच अमरदीप सुनुवारको अध्यक्षतामा समाज गठन भएको हो ।

 

सुनुवार राष्ट्रसेवक समाजको तदर्थ समितिको अध्यक्षमा अमरदीप सुनुवार, उपाध्यक्षमा डम्बर बहादुर सुनुवार, सचिवमा विश्वास सुनुवार, सहसचिवमा फौद बहादुर सुनुवार, कोषाध्यक्षमा तारादेवी सुनुवार र सदस्यहरूमा मोहन बहादुर सुनुवार, रमेश सुनुवार, मनोज कुमार सुनुवार, जिङ्ग मुखिया, सशिकला सुनुवार र बीरबहादुर सुनुवार रहेका छन्। सुनुवार समुदायबाट निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सार्वजनिक संस्थान लगाएत विभिन्न सरकारी सेवामा आबद्ध सुनुवारहरुलाई संगठित गर्ने गरी तत्कालका लागि ११ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको तदर्थ समितिका अध्यक्ष अमरदीप सुनुवारले बताउनु भएको छ ।

 

त्यस्तै, आजको भेलाले नेपाली सेनाका सहायक रथी राजेन्द्र प्रसाद सुनुवारलाई समाजको प्रमुख सल्लाहकार तथा सल्लाहकारमा सहसचिव रामप्यारी सुनुवार र उपसचिव तुलाराज सुनुवारलाई चयन गरेको छ ।

 

कार्यक्रममा नेपाली सेनाका रहायक रथी राजेन्द्र प्रसाद सुनुवार, सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणवीर सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, सुनुवार विद्यार्थी समाज संघीय समितिका अध्यक्ष मनिषा सुनुवारलगायत सुनुवार समुदायबाट निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सार्वजनिक संस्थान लगाएत विभिन्न सरकारी सेवामा आबद्ध सुनुवारहरूको उपस्थिति रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...