YouTube Link

रामेछापमा कान्छाराम र गठबन्धनलाई भोट किन ?

Facebook Link

 

रामेछाप: विकास निर्माणको काम र समाजसेवा गर्दै विगत १२ वर्षदेखि अहोरात्र खटिरहेका नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार बनेपछि रामेछापका जनताहरुले विकासको अधुरो काम पुरा हुनेमा आशावादी देखिएका छन् ।

 

रामेछापका लागि यसअघिका प्रतिनिधिहरुले ध्यान दिन नसकेका नागरिकको समस्यामा कान्छारामको आँखा पुग्नेछ भन्नेमा आम रामेछापका जनताले विश्वासका साथ यसपालिको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कान्छारामलाई भोट दिएर जिताउन चाहेको बुझिन्छ ।

 

भौतिक पूर्वधार विकासका लागि पक्की सडक, कृषिमा आधुनिकीकरण,  शिक्षा र स्वास्थ्यको लागि जिल्लामा धेरै काम गर्न बाँकी रहेकोले पनि त्यसका लागि रामेछापका जनताले एक मात्र योग्य तिनै कान्छारामलाई भोट दिने देखिन्छ ।

 

व्यक्तिगत कुनै लाभको आशा नगरी उनले जिल्लाका कयौं सडक निर्माण गरेका छन् भने खानेपानी, विद्यालय, मठमन्दिर र गुम्बा बनाउनमा उनको उच्च सहयोग रहेकाले पनि उनको जितको आधार मान्न सकिन्छ ।

 

स्वास्थ्य क्षेत्रमा कान्छारामले गरेको सहयोग जिल्लामा मात्र हैन देशकै लागि उदाहरणीय छ । आफ्नो पारिवारिक सम्पत्तिबाट उनले जिल्लाका विभिन्न स्थानमा बिरामी बोक्ने १३ वटा एम्बुलेन्स र एक शव वाहन नि:शुल्क उपलब्ध गराएका छन् ।

 

रामेछापमा सडक दुर्घटना होस या प्राकृतिक प्रकोपमा परेका जिल्लाबासीको ज्यान जोगाउनका लागि पनि उनले हेलिकप्टर लिएर घटनास्थलसम्म पुग्ने कान्छारामले धेरैको ज्यान पनि बचाएका छन् ।

 

जिल्लाका सबै नागरिकलाई समान आँखाले देख्ने कान्छारामले विश्वभर कोरोना महामारीको लहर चलेको बेला जिल्लाबाट उपचारका लागि काठमाडौं लैजानुपर्ने बिरामीलाई निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गरेर सयौ बिरामी लाभान्वित भएका थिए ।

 

कोरोना कहरका बेला जिल्लाबासीलाई पिपीई, अक्सिजन सिलिण्डर, मास्क, झण्डै २५ लाख पर्ने २ वटा आईसियु वेड समेत अस्पतालमा ल्याएर कोरोनाबाट जिल्लाबासीलाई बचाउने उनले ठूलो योगदान दिएका थिए ।

 

कान्छाराम २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएपनि निर्वाचन प्रचारमा जाँदा स्थानीयले उनीसँग राखेको माग उनले निर्वाचनमा पराजित भएपनि उनले पुरा गरिदिएर उदाहरणीय काम समेत गरेका छन् ।

 

यस पटकको निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेदवार बनेका कान्छाराम निर्वाचनको प्रचारमा यतिबेला रामेछापको कुना कन्दरामा मतदाताको घर दैलोमा छन् ।

 

एमालेका कैलाशप्रसाद ढुंगेल उनका मुख्य प्रतिस्पर्धी भएपनि माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा ढुंगेललाई धेरै मतान्तरले कान्छारामले पराजित गर्ने रामेछापका मतदाताले आंकलन गरेका छन् ।

 

प्रदेश सदस्यमा गठबन्धनका माओवादीबाट क्षेत्र नम्बर १ बाट तारानारायण श्रेष्ठ र क्षेत्र नम्बर २ बाट युवराज चौलागाई उम्मेदवार बनेका छन् । प्रदेश १ का उम्मेदवार भएका तारानारायण श्रेष्ठ यसअघि संविधानसभाको सदस्य निर्वाचित भएका थिए । श्रेष्ठको प्रतिद्वन्दी नेकपा एमालेका शान्ति प्रसाद पौडेल रहेका छन् ।

 

यता गठबन्धनका माओवादीबाट प्रदेश २ बाट उम्मेदवार बनेका युवराज चौलागाई उनका अभिव्यक्तिका कारण चर्चामा रहिरहने प्रभावशाली नेता हुन् । चौलागाईका प्रतिद्वन्दी नेकपा एमालेका मिलन कुमार घिसिङ रहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...